"समावेशी र सन्तुलित विकास समृद्ध अजयमेरुको मुल आधार !!

 

वडा नं २

अजयमेरु गाउँपालिकाको वडा न. २ साबिकको अजयमेरु  गा.वि.स. हो | यसै वडामा पर्ने प्रसिद्द ऐतिहासिक स्थल अजयमेरु कोटको नाम बाट यस गाउँपालिकाको नाम अजयमेरु रहन गएको हो | ३५.२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो वडा क्षेत्रफल र जनसंख्याको हिसावले अजयमेरु गाउँपालिकाको सबै भन्दा ठुलो वडा हो | यो वडाले अजयमेरु गा.पा.को  २३.५६ प्रतिशत भूभाग ओगटेको छ | जम्मा जनसंख्या ४५६२  रहेको यो वार्डमा महिला  २२०० रहेका छन भने पुरुष संख्या २३६२ रहेको छ | अजयमेरु कोट यस वडाको प्रमुख ऐतिहासिक स्थल हो भने सहश्रलिंग बिर बेताल तथा चोरा बेताल छेत्र यस वडाका प्रमुख धार्मिकस्थल हुन् | 

Population: 
४५६२
Ward Contact Number: 
९८४८७६६३४३